शिव र एलिनाको ‘निष्ठुरी भयौ रे’ रिलिज (हेर्नुहोस भिडियो)


Capital Headline
प्रकाशित मिति : आइतबार, असार १३ २०७८
18.7K
SHARES

१३ असार काठमाडौं । अहिले शिवसागर खड्का र एलिना चौहानद्वारा स्वरबद्ध गीत ‘निष्ठुरी भयौ रे’ इन्टरनेटमा रिलिज भएको छ । यो प्रेमिल गीतमा स्वयम गायक खड्काले संगीत भरेका छन् ।

विशाल नेपालीको निर्देशन तथा शब्द रहेको गीतलाई कर्णप्रिय लाग्छ ।

सँगै जिउने र सँगै मर्ने कसम खाएको जोडीबीच हुने बिछोडको भाव गीतले पेश गर्छ ।

पुरुषोत्तम न्यौपानको एरेन्जिङ, अमृत चापागाइँको सम्पादन रहेको भिडियोको पोस्ट प्रोडक्सन बिग नेपाली फिल्म्सले गरेको हो ।