ज्याकलिनको व्यापारीसँग गोप्य सम्बन्ध


Capital Headline
प्रकाशित मिति : आइतबार, असार १३ २०७८
6.8K
SHARES

१३ असार मुम्बइ। बलिउड अभिनेत्री  ज्याकलिन फर्नाडिसका फ्यानहरुका लागि एउटा नयाँ खबर छ। भारतीय मिडियाले ज्याकलिन एकजनासँग रिलेशनमा रहेको भन्दै उनीहरु छिट्टै नयाँघरमा सर्ने उल्लेख गरेको छ। त्यसो त रिलेशनसीपका विषयमा ज्याकलिनको थुप्रै गसिपले मिडियामा स्थान पाइसकेको छ।

मिडियाले लेखे अनुसार ज्याकलिनका पार्टनरको फिल्मसँग कुनै सम्बन्ध छैन। उनी दक्षिण भारतका राम्रा व्यापारी हुन्। रिपोर्टमा उल्लेख भए अनुसार ज्याकलिन पछिल्लो २ महिनादेखी जुह वा बान्द्रामा घरको खोजीमा छिन्।

उनीहरु आफ्नो सम्बन्धको वारेमा पनि सिरियस भएको मिडियाको दावी छ । अहिले उनीहरु घन्टौ भिडियो कल गरेर बिताउछन् भने नयाँ घरमा पनि दुवै जनाको लगानी रहने छ।