स्रोत नखुलेको ३१ लाख ९० हजारसहित दुईजना पक्राउ
Capital Headline
प्रकाशित मिति :
बुधबार, असार २३ २०७८
9.9K
SHARES
२३ असार काठमाडौं । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१, बाइपासबाट स्रोत नखुलेको नगद ३१ लाख ९० हजार रुपैयाँसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २१ वर्षीय विनय कलवार र भारतको उत्तर प्रदेश नौतुना बस्ने ३५ वर्षीय सुरज गैडा रहेका छन् ।
लु२१प २२१२ नम्बरको स्कुटरलाई इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कलवारले बोकेको झोलामा उक्त नगद फेला पारी स्कुटर चालक कलवार र स्कुटरमा सवार गैडालाई पक्राउ गरेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट