‘तिमी मेरो दिलमा छौ’ मा विक्रमसँग करिश्मा (भिडियोसहित)
Capital Headline
प्रकाशित मिति :
बिहिबार, पौस ८ २०७८
12.7K
SHARES
८ पुस काठमाडौं। नेपाल आइडल प्रतियोगी गायिका रचना रिमाल र लोक स्टार प्रतियोगी रामकुमार नेपालीको स्वर रहेको गीत ‘तिमी मेरो दिलमा छौ’ गीत सार्वजनिक भएको छ । रामचन्द्र बोगटीको लय तथा शब्दमा रहेको डान्सिङ गीतको म्युजिक भिडियो समेत बनेको छ ।
उक्त भिडियोमा चर्चित मोडल करिश्मा ढकाल र विक्रम नेपालीको अभिनय रहेको छ । काठमाडौँका बिभिन्न स्थानमा छायाँकन भएको गीतमा शिव पौडेलको सम्पादन छ । भिडियोका निर्देशक निशान बानियाँले निर्देशन गरेका हुन् ।
हेर्नुस् भिडियो :
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट