हामीबीच कुराकानी राम्रो भयो – अध्यक्ष ओली
२३ पुस काठमाडौं ।आज प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । एमालेले संसद निरन्तर अवरुद्ध पारिरहेका बेला प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका अध्यक्ष ओलीलाई भेटन शनिबार बिहान उनकै निवास बालकोट पुगेका हुन् ।
करिव एक घण्टा भेटवार्ता भएपछि प्रधानमन्त्री देउवालाई विदाई गर्न निस्किएका अध्यक्ष ओलीले सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा कुराकानी राम्रो भएको बताए । उनले भने, “उहाँसँग कुराकानी भयो । हामी दुई जनाबीच कुराकानी राम्रो भयो ।”
प्रधानमन्त्री देउवामाथि एमसीसी सम्झौता संसदबाट पारित गराउनुपर्ने दबाब छ । तर, ती विषयहरुमा छलफल गर्न बोलाइएको बैठकमा एमालेले सहभागी हुन नसक्ने अडान राख्दै आएको छ ।