राजनीतिक समन्वय समितिको बैठक स्थगित


Capital Headline
प्रकाशित मिति : बिहिबार, माघ ६ २०७८
3.3K
SHARES

६ माघ काठमाडौं । सरकार सञ्चालनमा सहयोग गर्न गठित राजनीतिक समन्वय समितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बस्ने तय थियो ।

अन्तिम समयमा आएर बैठक स्थगन भएको सन्देश आफूलाई आएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बाह्रखरीलाई जानकारी दिइन् ।

बैठक किन स्थगित भयो भन्ने बारेमा केही जानकारी गराइएको छैन ।  आजको बैठकमा निर्वाचन ऐन संशोधन, तीन तहका निर्वाचनलगायत विषयमा छलफल हुने बताइएको थियो । सत्ता गठबन्धनमा निर्वाचन मिति तोक्ने विषयमा भने दलहरूबीच फरक–फरक धारणा छ ।