गठबन्धनले निरन्तरता पाउँछ – अध्यक्ष नेपाल
Capital Headline
प्रकाशित मिति :
बिहिबार, माघ १३ २०७८
2.6K
SHARES
१३ माघ काठमाडौं। नेकपा एस पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनको परिणाम गठबन्धनको पक्षमा आएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष नेपालले पार्टीमा सुखद परिणामको संकेत गरेको बताएका हुन्।
उनले आगामी निर्वाचनसम्म नै गठबन्धनले निरन्तरता पाउने जिकिर गरे। देशमा तीनै तहका निर्वाचन चाँडो र समयमै गर्न आफूहरु तयार रहेको बताउँदै अध्यक्ष नेपालले विगतमा स्थानीय निर्वाचन तीन चरणमा भएको स्मरण गराए।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट