साउथ सुपरस्टार रामचरण नेपाल आउँदै


Capital Headline
प्रकाशित मिति : सोमबार, फाल्गुन ९ २०७८
9.8K
SHARES

९ फागुन काठमाडौं। दक्षिण भारतीय सुपरस्टार रामचरण तेजा नेपाल आउने भएका छन्। चलचित्र छायांकन स्थलको अवलोकन अभिनेता रामचरणसहितको टोली फेब्रुअरी २८ मा नेपाल आउन लागेको हो। चलचित्रको छायांकन मनाङ, काठमाडौं र मुस्ताङमा गरिने जनाइएको छ। उक्त चलचित्रको छायांकन अप्रिलदेखि सुरु हुने बताइएको छ।

छायांकन गर्ने चलचित्रको नाम भने अहिले सार्वजनिक गरिएको छैन। रामचरणको चलचित्रको छायांकन तीन-चार महिनाअघि नै गरिने भनिएको थियो तर, हिउँ परेकाले रोकिएको बताइएको छ।