आलिया भट्टले कमाइन् यत्ति सम्पत्ति, यस्ता छन् गाडी
१ चैत काठमाडौं । नायिका आलिया भट्ट बलिउडकी ती सेलिब्रिटीमध्ये एक हुन् जो सोसल मिडियामा सबैभन्दा बढी ट्रोलको निशानामा पर्छिन् । उनलाई नेपोटिजमको विषयमा धेरैकुरा सुनाइन्छ । तर उनले आलोचकमाथि खासै धेरै ध्यान नदिइकन आफ्नो कामप्रति सधैँ इमान्दारिता देखाइन् । आलिया आज अर्थात् मार्च १५, २०२२ मा आफ्नो २९ औँ जन्मदिन मनाइरहेकी छिन् । नायिका यो मौकामा आफ्नो परिवारसँग माल्दिभ्सको यात्रामा गएकी छिन् । उनले त्यहाँ नै आफ्नो जन्मदिन मनाउनेछिन् । नायिकाको जन्मदिनको मौकामा उनीबारे केही थप जानकारी लिऔँ ।
नायिकालाई गाडी शौख छ । उनीसँग आफ्नै भ्यानिटी भ्यान पनि छ । यसका साथै उनीसँग अडी एसिक्स छ जसको मूल्य करिब ६० लाख छ । उनीसँग एउटा रेन्ज रोवर पनि छ जसको मूल्य १.७४ करोड हो । यतिमात्रै होइन उनीसँग एउटा बीएमडब्ल्यू सेभेन पनि छ जसको मूल्य १.३७ करोडको छ ।
नायिकाको आउँदो चलचित्रको कुरा गर्ने हो भने उनीसँग आर आर आर, रकी र रानी की प्रेम कहानी, ब्रम्हास्त्र र डार्लिङ्ग्स जस्ता फिल्म पाइपलाइनमा छन् । यसबाहेक उनीसँग एउटा हलिउड प्रोजेक्ट पनि छ जसको नाम हार्ट अफ स्टोन हो ।