भट्टराईले ल्याए माओवादी जिताउने गीत


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र २२ २०७८
20.4K
SHARES

२२ चैत काठमाडौ । अहिले लोक गायक तथा नेकपा (माओवादी केन्द्र)को युवा नेता अरबिन्द्र भट्टराईले देशको हित चिताउने माओवादी हो भन्ने चुनावी गीत बजारमा ल्याएका छन ।

घर घरमा ग्यास पाइप, के म ह्यानसम छैन र, मै पनि माया लाउकी, यो कान्छिको बगैंचामा, बेलैमा गरे, लगाएतका गीतहरु बजारमा ल्याइसकेका अरबिन्द्र भट्टराईले यश गीतमा शब्द र लय दिएका छन ।

चेतन गोतामे र तुलसी घर्ती मगरको स्वर रहेको यश गीतलाइ ओके नेपाल द्रारा बजार व्यवस्थापन गरिएको छ । माओवादीलाई सांगीतिक रुपमा चौतर्फी ढंगले प्रहार गरिएकाले सत्यता बाहिर ल्याउन आफुले गीत निर्माण गरेको अनेरास्ववियू ( क्रान्तिकारी )को केन्द्रिय सदस्य समेत रहेका भट्टराईले बताउनु भयो ।