पार्टीले निर्णय गर्‍यो मैले गरेको छैन – अभिनेता केसी


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र २३ २०७८
7.3K
SHARES

२३ चैत काठमाडौं । यतिबेला स्थानीय निर्वाचन नजिकिएसँगै काठमाडौं महानगरपालिकाको मेयर पदको विशेष चर्चा अनि आकर्षण चलिरहेको छ । काठमाडौंको मेयर पदमा र्‍यापर बालेन शाहदेखि पूर्व मिस नेवा सुनीता डंगोलेले उठ्ने घोषणा गरिसकेका छन् ।

यहि सेलिब्रेटिको सूचीमा नेपाली सिने जगतका लोकप्रिय अभिनेता भुवन केसीको नाम पनि जोडिएको छ ।  अभिनेता केसीलाई लोकतन्त्र पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदको उमेदवार बनाउने निर्णय गरेको छ ।

यता अभिनेता केसीले पनि यसबारे पार्टीसँग छलफल भएको कुरा नकारेनन्, तर मेयरमा उमेदवारी दिने नदिने निर्णय लिइनसकेको बताए ।  “एउटा कलाकारको नाताले सबैले मलाई माया नै गर्नुहुन्छ त्यसप्रति म आभारी नै छु । तर मैले अहिलेसम्म के गर्ने कसो गर्ने भन्ने कुराको ठोस निर्णय लिइसकेको छैन,” अभिनेता भुवनले बताए ।

तर यतिभनिरहँदा उनले समुन्नत लोकतन्त्र पार्टीलगायत केही पार्टीका नेताहरुसँग कफी गफमा राजनीतिको गफगाफ भैरहेको बताए । “हो विभिन्न पार्टीका नेताहरुसँग, साथीभाइहरुसँग कफि गफमा राजनीतिको गफगाफ भएको हो । तर अघि भनेजस्तै मैले यसबारे कुनै ठोस निर्णय गरिसकेको छैन,” भुवनले भने ।