तिम्रो लागि सधैं म हार्न सक्छु – गायिका अधिकारी


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख १५ २०७९
10.9K
SHARES

१५ वैशाख काठमाडौ ।  दुई महिना ११ दिनपछि गायिका समीक्षा अधिकारीले आफ्नो भेरिफाइड फेसबुक पेजमा बिहीबार बिहान पोस्ट गरेको स्टाटस हो यो ।गत १७ फेब्रुअरीमा उनले आफू अभिनित गीत ‘ढाकाटोपी शिरमा रिबन’ सेयर गरेकी थिइन् । समीक्षाको पछिल्ला स्टाटसले एकैसाथ प्रेमका धेरै आयाम र अर्थलाई व्याख्या गर्छ ।

तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म

त्यसैले त तिम्रो लागि सधैं म हार्न सक्छु

उनी पछिल्लो समय जीवनको कठिन क्षणबाट गुज्रिएकी छन् र उनको यो स्टाटसले प्रेमभित्र आशावाद चित्रण गर्छ । साथै, जिन्स आउटरसहितको ताजा तस्वीर पनि उनले सेयर गरेकी छन् ।

उनको यो पोस्टलाई लिएर सामाजिक सञ्जालमा टिप्पणी भइरहेका छन् । यद्यपि, आफ्नो नयाँ गीतको लागि उनले यी शब्द लेखेकी हुन् वा मनको भाव ? यी कुरा जान्नु रोचक हुनेछन् ।