यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख २५ २०७९
8.8K
SHARES

२५ वैशाख काठमाडौ ।  तेह्रथुममा यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । १५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा लालीगुराँस नगरपलिका–३, मुसाङखेल बस्ने १९ वर्षीय अनिश बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।

बस्नेतले ती किशोरीलाई घरनजिकैको बारीमा हातपात गरी यौन दुर्व्यवहार गरेको उजुरीपछि इलाका प्रहरी कार्यालय वसन्तपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी सोधपुछ गरिरहेको जनाएको छ ।