मतगणना स्थलबाट २ जना पक्राउ
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, जेष्ठ ६ २०७९
5.8K
SHARES
६ जेठ काठमाडौं । पोखरा महानगरपालिकाको मतगणना स्थल बाहिरबाट प्रहरीले २ जनालाईउ पक्राउ गरेको छ । मतगणनास्थलमा हैरानी दिने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले रातोपाटीलाई बताए ।
पक्राउ परेका मध्ये एक जनाको साथबाट प्रहरीले जनमत पार्टीको प्रतिनिधि परिचय पत्रको फोटोकपी बरामद गरेको छ । अर्का एकजनाको साथमा मिति सकिएको सुरक्षाकर्मीको परिचयपत्र भेटिएको छ । उनीहरुबारे वडा प्रहरी कार्यालय बैदामले अनुसन्धान गरिरहेको छ
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट