महेश दाई हाम्रो सपना मर्न नदेउ है – वकिल बम
६ जेठ काठमाडौ । नेकपा एमालेको यूवा संगठन राष्ट्रिय युवा संघ नेपालका स्थायी कमिटि सदस्य वकिल बलले युवा संघको ईन्चार्ज तथा पार्टीको नेता महेश बस्नेतलाई सम्पूर्ण युवाहरूको सपना मर्न नदेउ है भन्दै कविता मार्फत भनेका छन । उनले आफ्नो फेसबुक मार्फत उक्त कुरा उल्लेख गरेका छन । यस्तो छ उनको कविता
देशै भरि कांडै कांडा छर्न नदेउ है
भ्रष्टचारको एकै कदम सर्न नदेउ है
महेश दाई हाम्रो सपना मर्न नदेउ है
२
समस्यलाई बोलीले नै टर्न नदेउ है
कालो कर्म कदम् कदा गर्न नदेउ है
महेश दाई शु-साशनलाई मर्न नदेउ है
३
हाम्रो सपना तिम्रो कांधमा झर्न नदेउ है
प्रलोभन र पश्चतापमा पर्न नदेउ है
महेश दाई देशमा न्याय मर्न नदेउ है
४
खेतको कुलो जथाभावी तर्न नदेउ है
छिमेकीको चौपयालाई चर्न नदेउ है
महेश दाई लोकतन्त्रलाई मर्न नदेउ है
५
अन्याय र अराजकता बर्न नदेउ है
लोमडीको भुंडी संधै भर्न नदेउ है
महेश दाई सबको सपना मर्न नदेउ है