शेयरधनीलाई प्रभु बैंकले गर्यो यस्तो आग्रह


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन २९ २०८०
4K
SHARES

२९ साउन काठमाडौं । प्रभु बैंक लिमिटेडले नगद लाभांश भुक्तानी लिन बाँकी रहेका शेयरधनीलाई नगद लाभांश लिन आग्रह गरेको छ । बैंकले साविक सेञ्चरी कमर्सियल बैंक, अरनिको डेभलपमेन्ट बैंक, इन्नोटिभ डेभलपमेन्ट बैंक, सगरमाथा फाइनान्स लिमिटेड लगायतका कम्पनीहरुले विभिन्न साधारण सभाबाट पारित गरेको नगद लाभांश लिन छुट भएका शेयरधनीहरुलाई आवश्यक कागजात सहित बैंकको शेयर रजिष्ट्रार प्रभु क्यापिटलमा सम्पर्क गरी लाभांश लिन आग्रह गरेको छ ।

साथै नगद लाभांश लिन बाँकी रहेका सेयरधनीहरुको नाम, नामेसी सहितको विस्तृत विवरण बैंकको वेवसाइटमा हेर्न सकिने जनाएको छ ।