जग्गाको कित्ताकाट पूर्णरुपमा खुलाउने सरकारको निर्णय


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन ३० २०८०
3.7K
SHARES

३० साउन काठमाडौं । सरकारले  जग्गाको कित्ताकाट पूर्णरुपमा खुलाउने निर्णय गरेकाे छ । सरकारले भू-उपयोग नियमावली स्वीकृत गरेसँगै जग्गाको कित्ताकाट पूर्ण रुपमा खुलेको हो ।गत वैशाखमा मन्त्रिपरिषद बैठकले भू-उपयोग नियमावली संशोधनको निर्णय गरेको भएपनि कार्यान्वयन भएको थिएन । केही व्यवस्थाले समस्या भएको भन्दै भूमि व्यवस्था मन्त्रालयले पुनः अध्ययन गरेर नियमावली संशोधनका लागि मन्त्रिपरिषद लगेको पठाएको थियो ।

मन्त्रालयले मन्त्रिपरिषदमा पठाएको नियमावली संशोधन गरेर आज पास भएको हो । वर्गीकरण नभएको जग्गाको पनि कित्ताकाट हुने भएको हो । स्थानीय तहले वर्गीकरण गर्न नसक्दा जग्गाको कित्ताकाटमा समस्या आएको थियो ।सरकाले जग्गाको कित्ताकाट नहुँदा राजश्वमा नै असर भरेको भन्दै गत वैशाखमा कित्ताकाट खुलाउने निर्णय भएको थियो ।