आइएमई लाइफको सेवा दुई दिन अवरुद्ध हुने


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन ३२ २०८०
2K
SHARES

३२ साउन काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको दुई दिनको लागि सम्पूर्ण कारोबार सेवा बन्द हुने भएको छ । इन्स्योरेन्सको भोलि शुक्रबार १२ बजेदेखि शनिवारसम्मको लागिकम्पनीको सम्पूर्ण कारोबारहरु अवरुद्ध हुने कम्पनीले जनाएको छ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफना सिस्टम अपग्रेड सम्बन्धी कार्य गर्न लागेको हुँदा आफ्नो सेवा दुई दिनको लागि बन्द गर्न लागिएको सूचना मार्फत जानकारी दिएको छ।