ठूलोखोलाले आइपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र ३ २०८०
1.8K
SHARES

३ भदौ काठमाडौं । ठूलोखोला हाइड्रोपावरले आइपीओ निष्काशन गर्नका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आइतबार एक समारोहबीच आइपीओ निष्काशनका लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गर्न सम्झौता गरेको हो ।

उक्त सम्झौतामा ठूलो खोला हाइड्रोपावरका तर्फबाट संचालक श्वेता अधिकारी पन्त तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सिटिजन्स क्यापिटलले निकट भविष्यमा ठूलो खोला हाइड्रोपावर लिमिटेडको सार्वजनिक निष्काशन गर्नेछ । ठूलो खोला हाइड्रोपावर लिमिटेडले निमार्ण गरिरहेको आयोजना ‘माथिल्लो ठूलाखोला ए जलविद्युत आयोजना’ म्याग्दी जिल्लामा अवस्थित रहेको छ । सो योजना २२.५ मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।