बढ्यो सुनको मूल्य


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र ७ २०८०
3.3K
SHARES

७ भदौ काठमाडौं ।  स्थानीय बजारमा बिहीबार सुनको मूल्य ५०० रुपैयाँले बढेको छ । आज सुन प्रतितोला एक लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको हो । बुधबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५५० रुपैयाँमा करोबार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी आज प्रतितोला एक हजार ४६० रुपैयाँमा कारोबार भएको छ । बुधबारको तुलनामा चाँदीको मूल्य ३५ रुपैयाँ बढेको हो । बुधबार चाँदी प्रतिताला एक हजार ४२५ रुपैयाँमा करोबार भएको थियो ।