प्राइम बैंकको सीईओमा संजीव मानन्धर नियुक्त
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, भाद्र ८ २०८०
3.9K
SHARES
८ भदौ काठमाडौं । प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा संजीव मानन्धर नियुक्त भएका छन् । बैंकको आज बसेको सञ्चालनक समितिको बैंठकले मानन्धरलाई सीईओमा नियुक्त गरेको हो । मानन्धरले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
बैंक स्थापना भएपछि बैंकमा महाप्रबन्धकका रुपमा कार्यरत मानन्धर यस अघि सो बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृत थिए । प्रमुख कार्यकारी अधिकृत मानन्धरको बैंकिङ क्षेत्रमा २९ वर्ष धेरै अनुभव छ । उनले नेपाल इन्भेष्टमेण्ट बैंकबाट काम सुरु गरेका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट