२९ अंकले घट्यो शेयरबजार


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र १७ २०८०
1.5K
SHARES

१७ भदौ काठमाडौं । साताको पहिलो दिन आइतबार शेयरबजार परिसूचक नेप्से २९.८१ अंकले घटेको छ । कारोबार शुरू भएदेखि नै घटेको नेप्से १९६०.७८ अंकसम्म झरेको हो ।

बैंकहरूले धितोपत्र दलाल कम्पनी (ब्रोकर) लाई चालू पूँजीमा कडाइ गरेपछि शेयर बजारमा थप पहिरो चलेको हो । आज नेप्सेमा ४० लाख ५३ हजार ३६८ कित्ता शेयर १ अर्ब १८ करोड ६६ लाख १८ हजार ४१० रुपैयाँमा कारोबार भएको छ ।

थ्रीस्टार हाइड्रोपावरका शेयरधनीले प्रतिशतका हिसाबले सबैभन्दा बढी कमाएका छन्‌ । लिबर्टी इनर्जीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशत गुमाएका छन्‌ ।  २७६ कम्पनीको शेयर कारोबार भएकोमा २१२ कम्पनीका शेयरधनीले मूल्य गुमाएका छन्‌ ।