विजया दशमीले संकटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस् – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शनिबार, असोज २६ २०८१
2.5K
SHARES

२६ असोज काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौलिक पर्वभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका संस्कार र प्रवृत्तिको संरक्षण गर्दै जानुपर्ने बताएका छन्।

विजयादशमीका अवसरमा आज शुभकामना दिँदै उनले विद्यमान रूढिवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा समयानुकूल परिमार्जन आवश्यक भएको बताए।

‘देशमा विद्यमान परिवर्तित राजनीतिक परिस्थिति एवं विज्ञान–प्रविधिको गुणात्मक विकाससँगै परम्परागत मूल्य, मान्यता, संस्कार र पर्वहरूलाई पनि थप समृद्ध र विकसित तुल्याउन जरुरी छ’, अध्यक्ष दाहालले भनेका छन्, ‘यसले हाम्रा मूल्य, मान्यता, संस्कार र पर्वहरूलाई थप बलियो र जीवनमुखी बनाउन मद्दत गर्दछ।’