सबैको समान पहुँच सुनिश्चित गर्न आवश्यक – अध्यक्ष दाहाल
२८ असोज जेनेभा। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विज्ञान, प्रविधि र नवप्रवर्तनमा भइरहेका विकास र उपलब्धिलाई संकीर्ण राष्ट्रियताको घेराभन्दा माथि उठेर विश्वव्यापी साझा हितको विषयका रुपमा हेरिनुपर्ने बताएका छन् ।
स्वीट्जरल्याण्डको जेनेभामा जारी अन्तर व्यवस्थापिका संघको महासभालाई सम्बोधन गर्दै सोमबार सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।अध्यक्ष दाहालले भने, “विज्ञान प्रविधिको विकास र प्रयोगलाई मानव समाजको हितमा सदुपयोग गर्न तथा यसबाट सिर्जना हुन सक्ने गोपनीयता भङ्ग, साइबर सुरक्षा, नकारात्मक सामग्रीको प्रसार जस्ता जोखिम र चुनौतीहरुलाई सामना गर्न विश्वका संसदहरुले महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्।”