अनुसन्धानमा सघाउँछु – सभापति लामिछाने
Capital Headline
प्रकाशित मिति :
शनिबार, कार्तिक ३ २०८१
2.4K
SHARES
३ कार्तिक पोखरा । शुक्रबार पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई शुक्रबार राति नै पोखरा ल्याइएको छ । उनलाई गाडीबाट पोखरा ल्याइएको हो । पोखरा ल्याएपछि सबैभन्दा पहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल)मा उनको स्वास्थ्य परीक्षण गरिएको छ ।
स्वास्थ्य परीक्षण गराएर फर्किएपछि रविले पत्रकारसँग अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिक्रिया दिए । ‘यो केसमा मैले धेरै भनिसकेको छु । अब अनुसन्धानलाई सघाउने काम गर्छु । कसैलाई केही भन्नु छैन,’ उनको छोटो प्रतिक्रिया थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट