‘महाराजधिराज’मा मल्टी स्टार


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ ५ २०८२
1.8K
SHARES

५ जेठ काठमाडौं । चलचित्र ‘महाराजधिराज’मा नायिका वर्षा राउत अनुबन्ध भएकी छन् । ‘महाराजधिराज’मा यसअघि नै आर्यन सिक्देल, रमेश उप्रेती, वर्षा शिवाकोटी र पल शाह अनुबन्ध भइसकेका छन् ।

जयकिशन बस्नेतले पनि ‘महाराजधिराज’मा साइन गरिसकेका छन् ।‘महाराजधिराज’लाई परिच्छेद सेनले निर्देशन गर्दैछन् । ‘महाराजधिराज’को पोस्टर यसअघि नै रिलिज भइसकेको छ ।

यो चलचित्र फूलपातीमा प्रदर्शन हुनेछ । सिनेमामा निर्देशक सेन स्वयंको लेखन रहेको छ ।छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्ट हुन् । उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए ।सिनेमाको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् ।