‘महाभोज’को प्रदर्शन मिति स्थगित


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ १४ २०८२
1.9K
SHARES

१४ जेठ काठमाडौं । चलचित्र ‘महाभोज’को प्रदर्शन मिति स्थगन गरिएको छ । जेठ १५ गते (भोलि)का लागि तय गरिएको प्रदर्शन अन्तिम समयमा स्थगन गरिएको हो ।राजावादीसहित विभिन्न समूहले गर्न लागेको आन्दोलनलाई लिएर प्रदर्शन मिति रद्द गरिएको चलचित्र निर्माण पक्षले जनाएको छ ।

“पछिल्लो समय देशभर फैलिएका विभिन्न आन्दोलन तथा विस्तारित विषम परिस्थितिका कारण आमजनजीवन प्रभावित भइरहेको अवस्थालाई दृष्टिगत गर्दै, चलचित्र ‘महाभोज’को प्रदर्शन नेपाल तथा नेपाल बाहिरका सबै देशमा हाललाई स्थगित गरिएको जानकारी गराउँदछौँ,” निर्माता हिमाल कडरियाले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।उनले अवस्था सामान्य भएपछि नयाँ प्रदर्शन मिति सार्वजनिक गरिने जानकारी दिएका छन् ।