‘चिट्ठी’ले ल्यायो नयाँ पोष्टर


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन ११ २०८२
1.4K
SHARES

११ साउन काठमाडौँ । २० भदौबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘चिट्ठी’को पोष्टर सार्वजानिक गरिएको छ । एरा प्रोडक्सनको ब्यानरमा निर्माण पोष्टरमा फिल्मको मुख्य कलाकारलाई चिन्तित मुन्द्रामा देखाइएको छ । पोस्टर अनुसार फिल्ममा रहस्य र डर समेत रहेको अनुमान गर्न सकिन्छ ।

कमेडी तथा हरर जनरामा निर्माण भएको फिल्म माधव राज खरेलले निर्देशन गरेका हुन् । ‘चिट्ठी’ यथार्थपरक हाँस्य, सामाजिक व्यङ्ग्य र सस्पेन्सपूर्ण घटनाक्रमको संगम रुपमा निर्माण भएको निर्देशक खरेलले बताए । डिजिटल समाज, सामाजिक सम्बन्धहरू र सूचनाको दुरुपयोग जस्ता मुद्दाहरू फिल्मले रोचक तवरबाट देखाएको उनको भनाई रहेको छ ।

फिल्ममा खड्ग बहादुर पुन मगर ‘खबपु’, संजीत भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नबराज थापा, प्रबण भुषाल, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल, राजन थापा, रश्मी भट्ट, मुना निरौला, कवीन्द्र त्रिपाठी, पुरुषोत्तम सानु, सोमा खत्री, प्रल्हाद खरेल, डेभिल सिंह राजपुत, समिर लामा, राजु कार्की, रज्जु गुरुङ लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

संचारकर्मी कमला जोशी निर्माता रहेको फिल्म जीवन पराजुली र राजन खरेलले खिचेका हुन् भने राजेश कुमारको सम्पादन तथा समिर मिँयाको भिएफ्एक्स रहेको छ । सरोज कोईरालाको संगीत, किरण दाहालको दन्द्ध फिल्ममा छ ।