तीन सय करोडको नजिक ‘सैयारा’
१३ साउन काठमाडौं । बलिउड सिनेमा ‘सैयारा’ले बक्सअफिसमा अनपेक्षित कलेक्सन गरिरहेको छ । दोस्रो हप्ता पनि यो चलचित्रले राम्रो कलेक्सन गरिरहेको छ ।एघार दिनमा यो चलचित्रले २६०.२५ करोड नेट कलेक्सन गरेको छ । दोस्रो हप्ताको पहिलो दिन शुक्रबार १८.५० करोड, शनिबार २७ करोड, आइतबार ३० करोड र सोमबार ९.५० करोड कलेक्सन गरेको थियो ।‘सैयारा निरन्तर ऐतिहासिकरूपमा अगाडि बढिरहेको छ । यो चलचित्र ठूला ब्लकबस्टर सिनेमालाई चुनौती दिइरहेको छ,” बलिउड सिनेमाका ट्रेड एनलाइसिस्ट तरण आदर्शले भनेका छन्, “ठूला हिन्दी सिनेमासँग प्रतिस्पर्धा गरिरहेको छ ।” उनले ‘सैयारा’ तीन सय करोड क्लबको नजिक पुगेको बताएका छन् ।
पहिलो हप्ता १७५.२५ करोड कलेक्सन गरेको यो चलचित्र दास्रो हप्ताको शनिबार र आइतबार सबैभन्दा धेरै कमाउने नयाँ कलाकारको चलचित्र बनेको छ ।तीन दिनमा यो चलचित्रले ८४ करोड भारतीय रुपैयाँ नेट कलेक्सन गरेको छ । पहिलो शुक्रबार २२ करोड, शनिबार २६.२५ करोड र आइतबार ३५.७५ करोड भारु कलेक्सन गरेको थियो ।
फिल्म्सको ब्यानरमा बनेको चलचित्रलाई मोहित सुरीले निर्देशन गरेका छन् । ‘सैयारा’मा नयाँ कलाकारको अभिनय छ । चलचित्रमा अहान पाण्डे र अनित पड्डाको मुख्य भूमिका छ ।