साढे १० प्रतिशत बोनस बाँड्ने सिद्धार्थ बैंकको प्रस्ताव


Capital Headline
प्रकाशित मिति : बुधबार, असोज २२ २०८२
1K
SHARES

२२ असोज काठमाडौं । सिद्धार्थ बैंकले सेयरधनीलाई दिने लाभांशसम्बन्धी प्रस्ताव गरेको छ।  २१ गते बसेको बैंक सञ्चालक समिति बैठकले १०.५३ प्रतिशत लाभांश बाँड्ने प्रस्तावमा निर्णय गरेको हो। आर्थिक वर्ष २०८१÷०८२ को वितरणयोग्य मुनाफाबाट बैंकले राष्ट्र बैंकको स्वीकृति र साधारणसभाबाट पारित भएपछि बाँड्ने गरी ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश (करसहित) बाँड्ने निर्णय गरेको हो।

बैंकको हाल कायम चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँ छ। यसअनुसार ७० करोड ४४ लाख ९९ हजारको बोनस सेयर र ७७ करोड ९१ लाख ७५ हजार ९०५ रुपैयाँको नगद लाभांश बाँडिनेछ। बैंकले कुल १ अर्ब ४८ करोड ३६ लाख ७४ हजार ९१५ रुपैयाँको लाभांश बाँड्ने तयारी गरेको हो।