कामना सेवा विकास बैंकको वार्षिक साधारणसभा सम्पन्न


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज २४ २०८२
912
SHARES

२४ असोज काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १९ औं वार्षिक साधारणसभा आज असोज २४ गतेका दिन लिसारा रिसेप्सन, नक्साल, काठमाण्डौंमा सम्पन्न भएको छ । बैंकको संचालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभावाट १० प्रतिशत वोनस शेयर तथा ५.७८९५ प्रतिशत नगद लाभासं (कर समेत) गरि कुल १५.७८९५ प्रतिशत लाभाशं पारित गरेको छ ।

साथै, उक्त साधारणसभाबाट लेखा परीक्षकको प्रतिवेदन सहित आ.व.२०८१/८२ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आ.व.को नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब लगायत वित्तिय विवरणसँग सम्वन्धीत अनुसूचीहरु सर्वसम्मतीले पारित गरेको छ ।

त्यसैगरी सभाबाट आगामी चार वर्षको लागि संस्थापक समूह अन्तर्गत सुदिप आचार्य, भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूह अन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवन कुमार शर्मा निर्विरोध निर्वाचित भएका छन् ।उक्त साधारणसभाले आ.व. २०८२/०८३ को लेखापरीक्षण नियुक्ती गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षक एन.बि.एस.एम एण्ड एसोसिएट्सलाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारणसभामा सेयरधनी महानुभावहरुले राखेको जिज्ञासाको जवाफ बैंकका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिए । शेयरधनी महानुभावहरुले राखेको जिज्ञासाको जवाफ दिँदै बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले निरन्तर रुपमा दोहोरा अंकमा लाभाशं वितरण गर्न सफल भएकोमा आगामी दिनहरुमा संस्थालाई दिगो बनाई प्रतिफल प्रदान गर्न प्रतिबद्ध जनाए ।