सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा धूत नियुक्त


Capital Headline
प्रकाशित मिति : बिहिबार, कार्तिक १३ २०८२
1.5K
SHARES

१३ कात्तिक काठमाडौं । नेपालको निर्जिवन बीमा क्षेत्रमा अब्बल रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपक कुमार धूत नियुक्त भएका छन् । कार्तिक २ गतेबाट लागू हुने गरी धुत नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।निवर्तमान नायव प्रमुख कार्यकारी अधिकृत योगेश कृष्ण श्रेष्ठ उमेर हदका कारण कम्पनीको सेवाबाट निवृत्त भएपछि कम्पनीले नायब महाप्रबन्धकको रुपमा कार्यरत दीपक कुमार धूतलाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती गरेको हो ।

उनी निर्जिवन बीमा क्षेत्रका एक कुशल व्यवसाय रणनीतिकार तथा निर्जिवन बीमाको प्राविधिक विषयमा विशेष दख्खल रहेको व्यक्ति हुन् । ३० बर्ष देखि नेपालको निर्जिवन बीमा क्षेत्रमा कार्यरत धूत, Insurance Institute of India को Fellow Member रहेको छ भने Indira Gandhi National Open University (IGNOU) बाट बजार व्यवस्थापन बिषयमा स्नातकोत्तर गरेका छन् ।उनले UNDP बाट Inclusive Insurance सम्बन्धी अन्तराष्ट्रिय प्रशिक्षकको उपाधि समेत प्राप्त गरेका छन् । निजको नायव प्रमुख कार्यकारी अधिकृतको भुमिकाबाट कम्पनीले आफ्नो व्यवसायिक सफलता तथा कम्पनीको लक्ष्य प्राप्तीमा थप उर्जा मिल्ने अपेक्षा गरिएको छ ।