मुक्तिनाथ विकास बैंकको साधारणसभा सम्पन्न


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक १६ २०८२
1.2K
SHARES

१६ कात्तिक काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो १९ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। सभा कास्कीको पोखरास्थित होटल ग्रान्ड पार्दीमा सम्पन्न भएको हो ।सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित कुल १८.२ प्रतिशत लाभांश अनुमोदन गरेको छ । जसमा १३.५३ प्रतिशत बोनस शेयर र ४.६७ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) छन्।

सोही सभाले मुक्तिनाथलाई वाणिज्य बैंक बनाउने सम्पूर्ण प्रक्रिया अगाडि बढाउने जिम्मेवारी सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रिया अगाडि बढाउन पनि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव अनुमोदन गरेको छ ।

बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजी ८ अर्ब ३ लाख ८८ हजार ७६७.११ रुपैयाँ र गत वर्ष पारित भएको १ अर्ब रुपैयाँ अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी भएपछि बैंकको जारी तथा चुक्तापुँजी ९ अर्ब ३ लाख ८८ हजार ७६७.११ पुर्याउने विशेष प्रस्ताव सभाले पारित गरेको छ ।

सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट प्राप्त रायसुझावअनुसार गर्ने अख्तियारी सञ्चालक समितिले तोकेको व्यक्तिलाई प्रदान गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ ।

  • सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरेको छ । सोही सभाले चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गरेको छ ।सभाले सहायक कम्पनी मुक्तिनाथ क्यापिटलको गत आर्थिक वर्षको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण छलफल गरी स्वीकृत गरेको छ ।