एनआईसी एसिया बैंकका सीईओ शाक्यले सम्हाले कार्यभार


Capital Headline
प्रकाशित मिति : बिहिबार, कार्तिक २० २०८२
1.5K
SHARES

२० कात्तिक काठमाडौं । एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजितकुमार शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बिहीबारदेखि नै कार्यभार समालेको बैंकले जनाएको छ । गत सोमबार बसेको एनआईसी एसिया बैंक सञ्चालक समितिको बैठकले शाक्यलाई चारवर्षे कार्यकालका लागि सीईओ नियुक्त गरेको थियो ।

नबिल बैंकको सिनियर डेपुटी प्रमुख कार्यकारी अधिकृत (सीडीसीईओ)का रूपमा कार्यरत रहँदै एनआईसी एसियाले उनलाई सीईओ नियुक्त गरेको थियो । सोही दिन उनले नबिलको सीडीसीईओबाट राजीनामा दिएका थिए । नबिलको सञ्चालक समिति बैठकले उनको राजीनामा स्वीकृत गरेपछि बिहीबारदेखि कार्यभार समालेका हुन् ।

उनी सन् २०२० मा नबिल भित्रिएका थिए । त्यसअघि, उनी ग्लोबल आईएमई बैंकमा डीसीईओ भएर काम गरेका थिए । बैंकिङ क्षेत्रमा उनको २८ वर्षभन्दा बढी अनुभव छ । एनआईसी एसिया बैंकमा उनले यसअघि पनि काम गरिसकेका छन् । उनले हिमालयन बैंकसँग मर्जर भएको सिभिल बैंकमा पनि काम गरेका थिए । शाक्य बैंकिङ क्षेत्रको वित्तीय विश्लेषक हुन् ।