स्टार्टअप पाटर्नरसिपका लागि नेपाल–भारत अभिमूखीकरण सत्र आयोजना


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक २१ २०८२
1.5K
SHARES

२१ कात्तिक काठमाडौं । भारतीय राजदूतावास काठमाडौंले आगामी महिनामा आयोजना हुन लागेको भारत–नेपाल स्टार्टअप पार्टनरसिप नेटवर्कको पहिलो अभिमुखीकरण सत्र आयोजना गरेको छ । दूतावासले एक अभिमुखीकरण सत्र सन् २०२५ नोभेम्बर ४ गते आयोजना गरेको हो ।भारत र नेपालको स्टार्टअप इकोसिस्टमहरूबीचको अन्तरक्रियालाई बढावा दिने व्यापक उद्देश्यका साथ आयोजना गरिने पहिलो पटकको आइएन–एसपीएन कार्यक्रम सन् २०२५ डिसेम्बरमा आईआईटी मद्रासमा सुरु हुने तालिका रहेको छ ।

यसमा नेपालका स्टार्टअपहरूका प्रतिनिधिहरूका लागि आईआईटी मद्रास प्रवर्तकसँगको सहकार्यमा आईआईटी मद्रासमा ८–हप्ताको, फुल्ली फन्डेड प्रशिक्षण र नवप्रवर्तन कार्यक्रम समावेश हुनेछ । उक्त मोड्युलमा सहभागीहरूका लागि तालिम, परामर्श र इन्टर्नसिप समावेश हुनेछ ।आईआईटी मद्रास प्रवर्तक एक अग्रणी इन्क्युबेटर हो । हालसम्म ४६ वटा स्टार्टअपहरूलाई  इन्क्युबेट गरिसकेको छ । जसमध्ये १४ वटाले आफ्नो प्रविधिको सफलतापूर्वक व्यावसायिकीकरण गरेका छन् ।

दूतावास परिसरमा आयोजित सत्रमा विभिन्न स्टार्टअपहरू, सरकारी विभागहरू, वाणिज्य संघहरू, रोबोटिक्स एसोसिएसन अफ नेपाल, एनएएस आईटी, फिनटेक एलायन्स, एआई एसोसिएसन अफ नेपाल र शैक्षिक संस्थाहरूबाट करिब १०० जना सहभागी थिए ।वीरगन्जका तथा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान, धरान क्याम्पसका करिब ६० जना सहभागीहरू भर्चुअलरूपमा कार्यक्रममा सहभागी भए ।

इलेक्ट्रिकल इन्जिनियरिङका प्राध्यापक तथा सेन्टर फर ह्युमन सेन्ट्रिक एआई, आईआईटी मद्रासका प्रमुख वैज्ञानिक प्रो. गौरव रैना अनलाइन कार्यक्रममा सामेल भएका थिए । उनले आईआईटी मद्रास र आईआईटीएम प्रवर्तकको नवप्रवर्तन इकोसिस्टमबारे जानकारी दिए ।

यसअघि, सोही दिन त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा पनि यस्तै सत्र आयोजना गरिएको थियो जसमा करिब ७० विद्यार्थीहरू सहभागी भएका थिए । आवेदनहरूको मूल्याकंन र उम्मेदवारहरूको अन्तर्वार्ताका आधारमा उक्त कार्यक्रमको लागि छनौट हुनेछ । आवेदनहरू सन् २०२५ नोभेम्बर १५ गतेसम्म खुल्ला रहनेछ ।