ग्लोबल आईएमई बैंकको ८ प्रतिशत लाभांश स्वीकृत


Capital Headline
प्रकाशित मिति : बिहिबार, कार्तिक २७ २०८२
1K
SHARES

२६ कात्तिक काठमाडौं । ग्लोबल आईएमई बैंकले चुँक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको छ । बैंकको १९औं वार्षिक साधारणसभाका अवसरमा बुधबार आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफा समेतबाट बैंकले आफ्ना सेयरधनीलाई प्रस्ताव गरेको उक्त नगद लाभांश स्वीकृत गरेको हो ।सभाले सञ्चालक समितिका तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरण अनुमोदन गर्दै नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकले आव २०८१/८२ मा ७ अर्ब २३ करोड रुपैयाँ सञ्चालन मुनाफा तथा ५ अर्ब ७ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको थियो ।साधारणसभामा अध्यक्ष ढकालले सरकार र नेपाल राष्ट्र बैंकका नीति, नियम पूर्ण परिपालना गर्दै सेयरधनीलाई उचित लाभांश प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बताए । बैंकले आफ्नो व्यावसायिक रणनीति अन्तर्गत नयाँ व्यावसायिक क्षेत्रहरू सन्तुलित विस्तार गर्दै जाने योजना रहेको पनि उनले उल्लेख गरे ।

साधारणसभामा राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्स्चेन्ज लिमिटेडका प्रतिनिधि, सेयरधनी, संस्थागत सेयरधनीका प्रतिनिधि, सञ्चारकर्मी, नियामक निकायका प्रतिनिधि, कर्मचारी समेत उपस्थित थिए ।ग्लोबल आईएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट फरक–फरक विधामा सम्मानित भएको छ । बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’, ‘बेस्ट बैंक नेपाल’ २०२४ र २०२५, ‘युरो मनी अवार्ड फर एक्सलेन्स’ २०२२, २०२४ र २०२५, ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’, ‘बेस्ट इम्प्लोयर’ जस्ता प्रतिष्ठित अवार्ड प्राप्त गरिसकेको छ ।

ग्लोबल आईएमई बैंक देशका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकका ३ सय ५२ शाखा कार्यालय, ३ सय ८४ एटीएम, १ सय ५० शाखारहित बैंकिङ, ६८ एक्स्टेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वैदेशिक प्रतिनिधि कार्यालय सहित १ हजारभन्दा बढी केन्द्रमार्फत सेवा दिँदै आएको छ । बैंकले रेमिट्यान्स सेवामार्फत नेपालीलाई विश्वभरिबाट आर्थिक सेवा उपलब्ध गराउँदै आएको छ ।अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशबाट बैंकले रेमिट्यान्स सेवा सञ्चालन गर्दै नेपालमा आर्थिक समृद्धिमा योगदान पुर्‍याउँदै आएको छ ।