किमजोङ सहित १७ जना पक्राउ


Capital Headline
प्रकाशित मिति : शनिबार, चैत्र २१ २०८२
2.2K
SHARES

२१ चैत काठमाडौं । प्रहरी गुण्डागर्दीविरुद्ध अपरेशन सुरु गरेको छ । नयाँ जनादेश अनुसार सरकार बनेपछि सक्रिय भएको प्रहरी गुण्डागर्दीविरुद्ध पनि अभियान चलाएको हो ।

अभियानको सुरु गरेसँग गुण्डागर्दीमा संलग्नहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर, काठमाडौंले गुण्डागर्दी गर्नेहरुलाई नियन्त्रणमा लिएका हुन् ।

अपराध अनुसन्धन कार्यालका एसएसपी सन्तोष खड्काले शुक्रबार राति मात्रै १३ जनालाई उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरेको जानकारी दिए । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको एसएसपी खड्काले बताए ।

अपराध अनुसन्धान कार्यालयका अनुसार यसक्रममा अशोक गरी, सञ्जीव लामा, सुरेश गुरुङ, किमजोङ बोससमेत १३ जनालाई पक्राउ गरेको हो ।