बलात्कार मुद्दाका अभियुक्त १७ वर्षपछि पक्राउ


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख २ २०८३
893
SHARES

२ वैशाख धनगढी । कञ्चनपुरमा १७ वर्षदेखि फरार जबरजस्तीकरणी सम्बन्धी मुद्दाका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–२, अमरैया बस्ने ५४ वर्षीय बुरु (बिरा) राना रहेको प्रहरीले जनाएको छ ।

रानालाई जिल्ला अदालतले २०६४ साल जेठ २० गते बलात्कार मुद्दामा दोषी ठहर गर्दै  ३ वर्ष कैद सजाय सुनाइएको थियो । तर, उनी त्यहीँ बेलादेखि फरार थिए । उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ ।