गृहमन्त्रीको राजीनामा माग्ने विद्यार्थी पक्राउ


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख ८ २०८३
1.8K
SHARES

८ बैशाख काठमाडौं । प्रधानमन्त्री कार्यालय पुगेर गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै गरेका नेविसंघका कार्यकर्ता पक्राउ परेका छन् ।

उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नेविसंघले गृहमन्त्री गुरुङ विवादमा तानिएको भन्दै राजीनामा माग गरेको हो । प्रधानमन्त्री कार्यालय सिंहदरबारभित्रै प्रवेश गरेर नेविसंघका कार्यकर्ताले नाराबाजी गरेका थिए ।