खैरो हेरोइनसहित बाँकेबाट दुई जना महिला पक्राउ


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन ६ २०८३
1.5K
SHARES

६ साउन काठमाडौ । लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले ४०० ग्राम खैरो हेरोइनसहित दुई जना महिलालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ बाट लागु औषध खैरो हेरोइन खरिद बिक्री गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो। आवश्यक अनुसन्धान तथा कारबाहीका लागि उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ।

पक्राउ पर्नेहरू:

ललिता बुढाथोकी: रुकुम पश्चिम, मुसीकोट नगरपालिका वडा नं. १ ठेगाना भएकी ३३ वर्षीया महिला।

निशा मगर: बाँके, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ ठेगाना भएकी २४ वर्षीया महिला।

बरामद गरिएका सामानहरू:

लागु औषध खैरो हेरोइन ४०० ग्राम

मोबाइल ३ थान