काठमाडौँमा हुरी र असिनापानी, मौसम महाशाखाले जारी गर्‍यो चेतावनी


Capital Headline
प्रकाशित मिति : बुधबार, असोज २१ २०८३
152
SHARES

२१ आश्विन काठमाडौं । हाल काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हुरी र असिनासहित पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) बिहान ११:३५ बजे जनाएअनुसार यतिबेला काठमाडौँ उपत्यकालगायत बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरी र असिनासहित मध्यमसम्म वर्षा भइरहेको छ।

सचेत गराउँदै मौसम महाशाखाले अगाडि भनेको छ, ‘थप पानी पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहोला।’यसैबिच पछिल्लो १ घण्टामा सबैभन्दा धेरै वर्षा अर्घाखाँची सिमलपानी केन्द्रमा ५८.२ मिलिमिटर (भारी वर्षा) भएको छ। २४ घण्टाभित्र ५० मिलिमिटरभन्दा माथि पानी पर्‍यो भने भारी वर्षा हुन्छ। तर अर्घाखाँचीमा एक घण्टामै भारी वर्षा भएको हो।