ब्रेक फेल भएको जिप सडकबाट खस्दा १५ जना घाइते
९ कार्तिक काठमाडौं । उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र.३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
ब्रेक फेल भएको जिप सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो।घाइतेहरूको उपचार कटारी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते कटारी- २ का ७१ वर्षीय राम बहादुर मगर भने थप उपचारको लागि विराटनगर रेफर भएका छन्।
जिप चालक सामान्य घाइते छन्। उनलाई उपचार पश्चात नियन्त्रणमा लिएर दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यी हुन् १५ घाइते
१) जिप चालक जिल्ला उदयपुर कटारी न.पा. ११ बस्ने वर्ष २९ निर्प बहादुर खड्का।
२) जिल्ला झापा बिर्तामोड न.पा. – ६ बस्ने अं.वर्ष ३७ की मेनुका मगर (भुजेल)।
३) ऐ.ऐ. निज मेनुका मगर भुजेलको छोरा अं. वर्ष १४ को रेहान भुजेल।
४) ऐ.ऐ. निज मेनुका मगर भुजेलको छोरी अं.वर्ष ७ कि प्रिन्सिका भुजेल।
५) जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. – ५ बस्ने वर्ष १६ की तेन्जु लामा।
६) जिल्ला उदयपुर कटारी न.पा. -२ बस्ने अं. वर्ष ७१ को राम बहादुर मगर।
७) निज राम बहादुर मगरको छोरी अं. वर्ष ३५ की लिसना मगर।
८) ऐ.ऐ. बस्ने अं. वर्ष ६० की गोमा श्रेष्ठ।
९) ऐ. -५ बस्ने अं. वर्ष ३९ की अम्बिका दाहाल।
१०) ऐ.बस्ने निज अम्बिका दाहालको छोरा अं. वर्ष १० को दिक्षित दाहाल।
११) ऐ. -११ बस्ने अं.वर्ष २१ की निर्मला राउत।
१२) ऐ.ऐ. बस्ने अं.वर्ष २६ की दिल कुमारी हायू।
१३) निजको छोरा २२ महिनाको दियांस हायू।
१४) जिल्ला महोत्तरी गौशला न.पा. -०१ बस्ने अं. वर्ष ३५ की कबिता रेग्मी।
१५) जिल्ला सिन्धुली दुधौली न.पा. – ११ बस्ने प्रेम पौडेलको छोरा अं.वर्ष १० को प्रदिप पौडेल।