पूर्व राष्ट्रपति स्वदेश फिर्ता
९ कार्तिक काठमाडौ । पूर्वराष्ट्रपति एवम् नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारी हपेइ प्रान्तको स्योङआन नयाँ क्षेत्रमा आयोजित ‘ग्लोबल गभर्नेन्स फोरम २०२६’ मा सहभागी भएर स्वदेश फर्केकी छन् ।
चीनको खुनमिङबाट चाइना इस्टर्न एअरलाइन्सको उडानमा आज दिउँसो काठमाडौं आइपुगेकी हुन् । गत बिहीबार चीनको सिचुआन प्रान्तको राजधानी छङ्तु हुँदै चार सदस्यीय टोलीको नेतृत्व गर्दै त्यहाँ गएकी नेतृ भण्डारी राजधानी बेइजिङ हुँदै फर्केकी हुन् ।
‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण तथा विश्वव्यापी शासन व्यवस्थामा सुधार र परिमार्जन’ को उद्देश्यसहित आयोजित फोरमलाई पूर्वराष्ट्रपति भण्डारीले सम्बोधन गरेकी हुन् । चीनले उक्त अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने र विश्व शासन व्यवस्थामा आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने महत्वपूर्ण थलोका रुपमा मञ्चलाई अघि सारेको छ।
चिनियाँ पिपुल्स इन्स्टिच्युट अफ फरेन अफेयर्स (सीपीआईएफए) का अनुसार सम्मेलनमा ९० भन्दा बढी देशका झण्डै दुई सय मुलुकका उच्चस्तरीय प्रतिनिधि तथा चीनका पनि त्यति नै संख्यामा प्रतिनिधि सहभागी भएका थिए ।