हँसिया प्रहार गरी बाबुद्वारा छोराको हत्या


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ १३ २०७८
13.4K
SHARES

१३ जेठ बाँके ।हिजो बाकेको कोहलपुर नगरपालिकामा बुवाले धारीलो हतियार (हँसिया) प्रहार गरी छोराको हत्या गरेका छन । कोहलपुर नगरपालिका १२ चप्परगौडीमा आफ्नै बुवाले हँसिया प्रहार गर्दा अन्दाजी २० वर्षीया छोराको मृत्यु भएको हो ।

हिज राती करीक ९ बजेको समयमा ५० वर्षीय ठाकुरी प्रसाद ओलीले आफ्नै २० वर्षीय छोरा पोषण ओलीको गर्धन (घाँटी) मा हँसिया प्रहार गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।

हँसिया प्रहारबाट गम्भीर घाईते भएका ओलीलाई उपचारकालागि भेरी अस्पताल नेपालगन्ज पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरको संचार शाखाले जानकारी दिएको छ । प्रहरीका अनुसार घटनास्थलबाट घटनामा प्रयोग भएको हँसिया बरामद गरीएको छ ।

नुहाउन बाथरुम छिरेको अवस्थामा छोरालाई हँसिया प्रहार भएको हुनसक्ने घटनाको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

पारिवारीक विवादका कारण घटना भएको बताउँदै प्रहरीले घटनामा संलग्न ठाकुरलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अगाडी बढाएको जनाएको छ ।