अभिनेत्री ज्याकलिन पक्राउ
१९ मंसिर काठमाडौ । आज बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भारतको प्रवर्तन निर्देशालयले मनी लान्ड्रिङ मुद्दामा उनीविरुद्ध ‘लुक आउट नोटिस’ जारी गरेपछि उनी मुम्बई विमानस्थलबाट पक्राउ परेकी थिइन्।प्रहरीका अनुसार उनी विदेश जाँदै थिइन्।
प्रवर्तन निर्देशालयले दुई सय करोडको मनी लान्ड्रिङ मुद्दामा सुकेश चन्द्र शेखरविरुद्ध मुद्दा दायर गरेको छ। अनुसन्धानको क्रममा सुकेशले अभिनेत्री ज्याकलिनसँग पैसाको कारोबार गरेको खुलेको छ। प्रहरीअनुसार सुकेशले ज्याकलिनलाई ५२ लाख पर्ने घोडा र ९ लाख पर्ने बिरालो उपहार दिएका थिए।