‘मिस वर्ल्ड’को फिनाले मार्च १६ मा हुने


Capital Headline
प्रकाशित मिति : बुधबार, पौस ७ २०७८
8.6K
SHARES

७ पुस काठमाडौं । विश्वकै चर्चित सौन्दर्य प्रतियोगिता ‘मिस वर्ल्ड’को फिनाले कोरोनाका कारण आयोजना हुन सकेन । फिनालेको एक दिनअघि आयोजकले कार्यक्रम स्थगित गरेको  थियो ।

प्रतिस्पर्धी र आयोजक टिमका सदस्यहरुमा कोरोना संक्रमण भएपछि कार्यक्रम स्थगित गरिएको थियो । तर, अब यो कार्यक्रमको नयाँ मिति सार्वजनिक गरिएको छ । आयोजकले जारी गरेको विज्ञप्तिमा आउँदो वर्षको मार्च १६ तारिखमा यो कार्यक्रम आयोजना हुनेछ ।