हलहरू पुनः बन्द


Capital Headline
प्रकाशित मिति : बुधबार, पौस १४ २०७८
9.4K
SHARES

१४ पुस नयाँ दिल्ली । ओमिक्रोन संक्रमितहरूको संख्या वृद्धिलाई ध्यानमा राख्दै मंगलबार नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सहरमा कडा प्रतिबन्धहरूको घोषणा गरेका छन् ।

मुख्यमन्त्री केजरीवालले ५० प्रतिशत अकुपेन्सीमा सञ्चालन भइरहेका स्पा, जिम र सिनेमा हलहरू पनि बन्द गर्न निर्देशन दिएका छन् ।
५० प्रतिशत अकुपेन्सीमै भए पनि ‘सूर्यवंशी’, ‘स्पाइडर–म्यान : नो वे होम’ र ‘पुष्पा’ जस्ता चलचित्रले दर्शकलाई हलसम्म तानेको थियो ।

तर, दिल्ली सरकारको निर्णयसँगै आउन लागेका ठूलो बजेटका चलचित्रहरू रणवीर सिंहको ‘८३’, शाहिद कपुरको ‘जर्सी’ र राजमौलीको ‘आरआरआर’लाई धक्का पुग्ने भएको छ । बलिउड हंगामाबाट