माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु, यी हुन् एजेण्डा


Capital Headline
प्रकाशित मिति : शनिबार, पौस १७ २०७८
3.2K
SHARES

१७ पुस काठमाडौं । नेकपा माओबादी केन्द्रको स्थायी कमिटीको बैठक प्रज्ञा भवन कमलादीमा सुरु भएको छ । केन्द्रीय समितिमा थप गर्नुपर्ने क्लस्टरहरुबारे छलफल गर्न बैठक बसेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

त्यसैगरी आजै ११ बजे प्रज्ञा भवनमै बन्दसत्र सुरु हुनेछ । बन्दसत्रमा नेता देव गुरुङले बिधान मस्यौदाउपर उठेका प्रश्नहरुको जवाफ दिएपछि पारित गरेर नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढ्ने कार्यसूची रहेको छ ।

सुरुमा सदस्य मात्र भनेर केन्द्रीय कमिटी चयन गर्ने र त्यसले पछि पदाधिकारी छनोट गर्ने माओवादी केन्द्रको तयारी छ।

माओवादी केन्द्रले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरेको छ।

अध्यक्ष पदमा प्रचण्ड नै दोहोरिने सम्भावना छ। किनकी अहिलेसम्म यो पदमा कसैले पनि दाबी गरेका छैनन्। अन्य पदाधिकारीमा भने थुप्रै नेताहरु आंकाक्षी रहेका छन ।

वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको सम्भावना बलियो रहेको खबरहरु सार्वजनिक भएका छन ।

त्यस्तै, दुई उपमहासचिव, सचिव र कोषाध्यक्षसमेतमा विभिन्न वर्ग, क्षेत्र मिलाएर निर्वाचन गर्ने तयारी गरिएको छ । माओवादीको महाधिवेशन पुस ११ देखि काठमाडौंमा सुरु भएको हो ।