सत्ता गठबन्धनको बैठक बस्दै , यी हुन् एजेण्डा


Capital Headline
प्रकाशित मिति : सोमबार, पौस १९ २०७८
8.9K
SHARES

१९ पुस काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध दलहरुको बैठक बस्ने भएको छ । बैठक आज बिहान बस्न लागेको हो । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवार छान्नका लागि छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको जनाइएको छ ।

केही समय यता सत्ता गठबन्धनको बैठक बस्न सकेको थिएन । यसअघि मंसिर ४ गते सत्ता गठबन्धनका दलसहित संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदीय बैठक बसेको थियो । तर उक्त छलफलमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने उपस्थित भएको थिएन ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा रहेका छन् ।