राष्ट्रियसभामा भागबण्डा : कुन दललाई कति सिट ?
१९ पुस काठमाडौं। सत्तारुढ गठबन्धनमा राष्ट्रियसभा निर्वाचनको १९ सिटमा भागबण्डा टुंगिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार विहान बसेको बैठकमा राष्ट्रिय सभा निर्वाचनको १९ सिटमा भागबण्डा मिलेको हो।
यसअनुसार कांग्रेसको भागमा ६, माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा ५–५, जसपाले २ र जनमोर्चाले १ सिट पाउने छन्। एक जना मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भएका थिए। पहिले जुन पार्टीबाट सदस्य रिक्त भएको हो त्यो सिट सोही पार्टीलाई नै दिने र बाँकी रहने ८ सिटमा भने भागबन्डा गरिएको हाे।